अपडेट 
२०७७ आश्विन १७, शनिबार १७:४४

धनुषामा बिहीबारदेखि हराईरहेका बालकलाई उनको आफ्नै भिनाजुले हत्या गरी फालेको खुलेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं.७ किसानपुर बस्ने रामेश्वर सदाका अन्दाजी ५ वर्षीय छोरा रुपेश सदालाई अप्राकृतिक मैथुन गरी कर्तव्य गरी मारेको उसको आफ्नै भिनाजु धनुषाको सबैला नगरपालिका-७ भठिहन बस्ने २२ वर्षीय राम बहादुर सदा पक्राउ परेको प्रहरीले जनाएको छ । असोज १५ गते धनुषाको धनुषाधाम नगरपालिका वडा नं.७ किसानपुर वस्ने रामेश्वर सदाका छोरा अन्दाजी वर्ष ५ को रुपेश सदा घरबाट निस्की हराएकोमा खोजतलास गर्दै जाने क्रममा १६ गते दिउँसो करिव साढे १ बजेको समयमा सोही ठाउँस्थित कृषी ईट्टा उद्योगको परिसरमा रहेको वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा बालकको शव फेला परेको थियो ।

घटना सम्बन्धमा प्रहरीले खोजलतास गर्दै जाँदा धनुषाको सबैला नगरपालिका-७ भठिहन बस्ने २२ वर्षीय राम बहादुर सदाले आफ्नो सालो नाता पर्ने रुपेश सदालाई विस्कुट र चकलेटको प्रलोभन देखाई आफुसँगै माछा मार्न गएको अवस्थामा बालकलाई अप्राकृतिक मैथुन (मलद्धारमा) करणी गरेपछि बालक बेहोस भएपछी राम बहादुरले बालकलाई कन्दनी (डाँरा) ले घाँटी कसी कर्तव्य गरी मारेको कुरा स्विकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News