अपडेट 
२०७७ आश्विन १८, आईतवार ०८:३२

स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आएका डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय डाक्टरहरुले आजदेखि आन्दोलन थाल्ने भएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले दैनिक दुई घण्टा आकस्मिक र काेराेनाकाे उपचारबाहेक सेवा ठप्प पार्ने बताएका छन् ।  साथै डाक्टर केसीसँग वार्ता गर्न २४ घण्टे अल्टिमेटम दिएका उनीहरुले वार्ताको पहल नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । 

उहाँलाई जतिबेला पनि समस्या आउन सक्ने उपचारमा संलग्न डाक्टरले बताउँदै आएका छन् । डाक्टर केसीको जीवन रक्षा र उहाँले उठाएका माग पूरा गर्न दबाब दिँदै आवासीय डाक्टरहरुले आन्दोलन घोषणा गरेका हुन् । ‍ डाक्टर केसीको जीवन रक्षा र उहाँले उठाएका माग पूरा गर्न दबाब दिँदै आवासीय डाक्टरहरुले आन्दोलन घोषणा गरेका नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसनका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताउनुभयो । 

गएकाे भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनसन सुरु गर्नुभएको थियो । उहाँलाई पछि काठमाण्डौ ल्याइएको हो । हिजो युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन समेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News