अपडेट 
२०७७ आश्विन १८, आईतवार ०९:४०

जनकपुरधाम । कोरोना संक्रमणको समयमा अन्य रोगका बिरामीहरु उपचार सेवाबाट वञ्चित रहेको अवस्थालाई मध्यनजर गर्दै महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्विक रेस्पोन्स टिमले विगत ४ हप्तादेखि सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर शनिवार पाचौं हप्ता पनि जारी रह्यो ।

महामारीसँग जुद्धिरहेका सर्वसाधारण जनतालाई विभिन्न सहयोग तथा परामर्शका निम्ति प्रतिष्ठानले शनिबार मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ स्थित कोल्हुवा माविमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शनिवारको शिविरमा ६ सय भन्दा
बढि बिरामीलाई निःशुल्क उपचार गरिएको छ ।स्वास्थ्य शिविरमा विभिन्न रोगका ६०० बिरामीहरुलाई उपचार गरिएको बिरामीलाई चेकजाँच गर्नुका साथै औषधीहरु समेत निःशुल्क उपलब्ध गराइएको थियो । निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउनका लागि सोही स्थानमा ल्याबको समेत व्यवस्था गरिएको थियो ।


सो शिविरमा विभिन्न विभागका चिकित्सकहरु डा.एस.के. सिंह,डा.अश्विनी झा,डा.अमित रन्जन मिश्र,डा.मनिषा भारद्धाज,डा. कुमार सम्भव,डा.सज्जन ठाकुर,डा.अजय यादव,डा.कृष्णा कुमार यादव,डा.बिपिन यादव,डा.अभिजित साह,डा.बिजय कुमार साह,डा.अमिय साह,डा.अमित यादव,डा.राहुल यादव,डा.अनिल चौधरी,डा.हेमन्त शर्मा,डा.कुशेश्वर यादव,डा.मेघा साह,डा.अनिल कुमार साह,डा.राजु साह,डा.रमेश कुमार यादव,डा.रासबिहारी यादव,डा.सुबेश यादव ,डा.अनिल कुमार साह तथा पारामेडिक्सहरु घनश्याम झा राजु, सुमन ठाकुर,छोटुबाबु यादव, संतोष यादव, दिपक यादव, अजय कुमार यादव, सत्रुधन राय, रमेश सिंह, जिवछ साह तथा ल्याबका मुकेश सिंह, रुपेश नारायण महतो लगायतकाहरुले बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा आयोजकको तर्फबाट नेपाली काँग्रेस प्रदेश २ का संसदिय दलका नेता रामसरोज यादव, , सदस्यहरु जिबनाथ चौधरी, मनोज साह ,सन्तोष यादब ,निर्मल चौधरी, प्रफुल्ल राज घिमिरे , राकेश बिक्रम साह , शम्भु साह, धिरेन्द्र मोहन झा ,अखिल मढी, राहुल मिश्रा, गोबिन्द चन्दन राय, अनुष पाण्डे ,रमेश यादव, अविनास सिंह राजपुत, सत्यम सिंह, सम्झना वर्मा, नवनित झा ,माया साह, अमित पाठक, बलराम गुप्ता, बलराम साह, आनन्द दास, दिपक गुप्ता, मो.सरताज लगायतकाहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News