अपडेट 
२०७७ आश्विन १८, आईतवार १२:०१

सर्वोच्च अदालतमा आइतबारको अधिकांश इजलास प्रभावित भएका छन् ।

सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारको अधिकांश इजलास स्थगित भएका हुन् । आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकमात्र एकल इजलास तोकिएको छ भने अन्य सबै इजलास स्थगित भएका छन् । शनिबार प्राप्त रिपोर्टमा एक न्यायाधीश, इजलास अधिकृत र अन्य कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो । संक्रमितको सम्पर्कका रहेका न्यायाधीश आइसोलेसनमा बसेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण तीव्र गतिमा बढिरहेको छ । हरेक दिन भेटिने संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेको देखिएको छ ।

Comment


Related News

Latest News

Trending News