अपडेट 
२०७७ आश्विन १८, आईतवार १४:३४

कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा मृत्यु हुनेको संख्या १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ ।

कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । अमेरिकामा सङ्क्रमितको संख्या ७६ लाख नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजारको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । भारतमा ६५ लाख ४९ हजार भन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भएको र यस सङ्क्रमणबाट एक लाख एक हजार ९ नौ सय ६० जनाको मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News