अपडेट 
२०७७ आश्विन १८, आईतवार १६:२६

फिल्म अभिनेता सुशान्त सिंह राजपूत प्रकरणमा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स) को फरेन्सिक डाक्टरहरुको टिमले केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले रिपोर्ट बुझाएको छ ।  

एम्सको रिपोर्टमा सुशान्तको हत्या भएको अस्वीकार गर्दै उनको मृत्युको कारण आत्महत्या भएको बताइएको छ । एम्सको यो रिपोर्टले सुशान्तको हत्या नै भएको हो भन्दै आएका उनका परिवारलाई ठूलो झट्का पुगेको छ ।  गएको २८ सेप्टेम्बरमा एम्सका फरेन्सिक डाक्टरको टिम र सीबीआईबीच एक महत्त्वपूर्ण बैठक भएको थियो । जसमा एम्सले सीबीआईलाई ‘भिजरा’ जाँचको रिपोर्ट सुम्पिएको थियो । विसरा जाँचअनुसार विषको पुष्टि भएको थिएन । यससम्बन्धमा डाक्टर सुधीर गुप्ताले एम्सको टिम जाँचको नतिजामा पुगेको बताएका थिए ।  

एम्सको फरेन्सिक टिम र सीबीआई एक–अर्काको नतिजामा सहमत छन् तर तार्किक निष्कर्षमा पुग्न केही कानुनी पक्षलाई ध्यानमा राख्नु आवश्यक छ । त्यसपछि एम्सको फरेन्सिक टिमले पूरा जाँच गरेपछि फाइनल रिपोर्ट सीबीआईलाई सुम्पिनेछ ।  एम्सका डाक्टरहरुको एक प्यानलले सीबीआईलाई आफ्नो राय दिँदै अभिनेता सुशान्त सिंह राजपूतको हत्या नभइ आत्महत्या प्रकरण भएको जनाएको हो ।  अभिनेताको मृत्यु प्रकरणमा जुटेको सीबीआईले अहिलेसम्म प्राप्त प्रमाणहरुलाई लिएर अध्ययन गरी निष्कर्षमा पुग्ने जनाएको छ ।  गएको जुन १४ मा सुशान्त मुम्बईमा रहेको आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यो घटनायता बलिवुडमा नेपोटिजमदेखि ड्रग्ससम्मका विषयमा अनुसन्धान भइरहेको छ । 

सुशान्त सिंह प्रकरणको जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाको लेनदेनको विषयमा ईडी, मृत्युको विषयमा सीबीआई र लागुऔषधसँग जोडिएको विषयमा एनसीबीले जाँच गरिरहेको छ । 

Comment


Related News

Latest News

Trending News