अपडेट 
२०७७ आश्विन १९, सोमबार ०८:०९

बुधबारदेखि बन्द वैदेशिक रोजगार कार्यालय आजबाट खुल्ने भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको हो ।

विभागले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई संक्रमण भएपछि आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको छ ।

Comment


Related News

Latest News

Trending News