सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको स्वाब परीक्षण गर्दा हिजो आएको रिपोर्टमा पोजिटिभ देखिएको छ । भण्डारी बुधबारको पूर्ण इजलासमा बसेका थिए, जहाँ सबै न्यायाधीश थिए । भण्डारीको पोजिटिभ रिपोर्टको कारण आजदेखि सबै न्यायाधीश होम क्वारेण्टिनमा बस्नुपर्ने भएकोले सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशबाहेक अरु सबै स्थगित गरिएको छ । अब कम्तिमा पाँच दिन होम आइसोलेशनमा बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।