२०७७ आश्विन १९, सोमबार १०:४०

विराटनगर । आईसीयूमा उपचाररत बिरामीले अस्पतालबाट हामफालेर आत्महत्या गरेका छन् । विराट नर्सिङ होम विराटनगरको दुई तलामाथिबाट हामफालेर एक जना बिरामीले आज सोमबार बिहान आत्महत्या गरेका हुन् । अस्पतालको आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालबाट हामफालेर आत्महत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो । गजमेरलाई उपचारका लागि असोज १७ गते अस्पताल भर्ना गरिएको थियो। फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाह बमोजिम उनलाई त्यही दिनबाट आईसीयूमा राखेर उपचार थालिएको थियो।

आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले बिहान ५:३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ। अस्पतालले यस घटनाका बारेमा आधिकारिक रुपमा जानकारी दिइसकेको छैन। उपचाररत अवस्थामा उनले किन आत्महत्याको बाटो रोजे भन्ने यकिन हुन नसकेको एसपी खड्काले बताए। शव पोस्टमार्टमका लागि कोशी अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ।

Comment


Related News

Latest News

Trending News