अपडेट 
२०७७ आश्विन १९, सोमबार १२:४३

नेपाली बजारमा सोमबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ९४ हजार १ सय रुपैयाँ कायम भएको छ । पछिल्लो समय सुनको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

सोमबारका लागि चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदीको मूल्य तोलामा ११ सय ८० रुपैयाँ रहेकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News