अपडेट 
२०७७ आश्विन १९, सोमबार १५:४१

नेकपा सचिवालय बैंठक भोलि (मंगलबार) का लागि बोलाइएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव विष्णु पौडेलका अनुसार बैठक अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

आइतबार अपरान्ह चार बजे बस्ने भनिएको बैठक प्रधानमन्त्रीका सल्लाहकारलगायत प्रधानमन्त्री निवासमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । असोज ६ गते मंगलबार बसेको सचिवालय बैठकले १० दिनको म्याद दिएर अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेललाई सांगठनिक एकताका बाँकी काम पूरा गर्ने गरी खाका बनाउने जिम्मेबारी दिएको थियो ।

सचिवालयका अन्य कार्यसूचीमा संवैधानिक निकायमा पदपूर्तिबारे सहमति गर्ने तथा नेकपा केन्द्रीय सदस्यहरुको बैठक भत्ता लगायतका विषयमा निर्णय गर्ने  रहेको नेकपा स्रोतले बताएको छ ।

Comment


Related News

Latest News

Trending News