अपडेट 
२०७७ आश्विन २०, मंगलवार ०७:२५

आज देशका थोरै ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश १ का थोरै तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली कमजोर हुँदै गएकाले नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी प्रदेशहरुमा घाम लाग्दै बादल लाग्ने उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News