अपडेट 
२०७७ आश्विन २०, मंगलवार ०९:४८

विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको बीबीसीले जनाएको हो । डब्ल्यूएचओले विश्वभर १० प्रतिशतमा कोरोना भएको पनि अनुमान गरेको छ । अहिले विश्वभर तीन करोड ५४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर डब्ल्यूएचओले सङ्क्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ । विज्ञहरुले यसअघि पनि वास्तविक सङ्क्रमितको संख्या पुष्टि भएको भन्दा निकै धेरै रहेको बताउँदै आएका छन् ।

विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै दोस्रो लहरको सङ्क्रमण सुरु भएको छ ।

Comment


Related News

Latest News

Trending News