अपडेट 
२०७७ आश्विन २०, मंगलवार १४:३१

भारतमा कोरोना भाइरसको संक्रमणबाट एक लाख तीन हजार बढी मानिसको मृत्यु भइसकेको छ । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्ममा भारतमा कोरोनाबाट एक लाख तीन हजार पाँच सय ६९ को मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट ६१ हजार दुई सय ६७ जना संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार चार सय ९० व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण रहेको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मङ्गलबारसम्म कूल ८१ लाख ७१ हजार सात सय ९७ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।

Comment


Related News

Latest News

Trending News