अपडेट 
२०७७ आश्विन २०, मंगलवार १६:२८

नेपालमा मंगलबार १५५१ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५०९ महिला र १०४२ पुरुष गरि थप १५५१ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार १५ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८० हजार ८१४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

त्यस्तै मंगलबार २३४० जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६७,५४२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्यस्तै होम आइशोलेशनमा १३ हजार ५९१ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार जना ११८ रहेका छन् । क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ९९ हजार २७६ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News