अपडेट 
२०७७ आश्विन २१, बुधबार ०७:५०

आज देशका एक–दुई ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

बंगालको खाडी नजिकै बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ को एक दुई ठाउँमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँको मौसम खुल्दै गएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले बताएका छन् । यस्तै अरु प्रदेशको मौसम पनि घाम लाग्दै बादल लाग्नेछ । यसैगरी राति प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने र अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

Comment


Related News

Latest News

Trending News