अपडेट 
२०७७ आश्विन २१, बुधबार ०८:००

धनुषा । जिल्लाको धनुषाधाम नगरपालिकाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकी २० वर्षीय जिबछ रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार पीडित किशोरीको परिवारले मंगलबार बलात्कारबारे प्रहरीलाई जानकारी गराएपछि आरोपितलाई तत्कालै पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ । किशोरीको परिवारले शुक्रबार साँझ घर पछाडी शौच गर्न गएको अवस्थामा किशोरीलाई युवकले बलात्कार गरेको बताएको छ । पीडित किशोरीले अभिभावकलाई जानकारी गराएपछि प्रहरी कार्यालयमा मंगलबार मात्रै उजुरी आएको प्रहरी निरीक्षक ठाकुरले बताउनु भयो

पीडित किशोरी र आरोपित युवकको प्रदेश अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गराइएको छ भने थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News