अपडेट 
२०७७ आश्विन २१, बुधबार १३:२५

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

मंगलबार मात्रै सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको थियो । बुधबार छापावाला सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ रहेको थियो । बुधबार तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोला २५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक१ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर सुन प्रतिऔंस एक हजार आठ सय ८३ डलर हाराहारीमा किनबेच भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News