अपडेट 
२०७७ आश्विन २२, बिहीबार ०६:२५

बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । हाल प्रदेश १ लगायत देशको पहडी भूभागहरुमा आंशिक बदली रही देशका केही स्थानमा सामान्य वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाकाे अनुमान छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News