अपडेट 
२०७७ आश्विन २२, बिहीबार ०९:०६

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ थोकर टोलबाट प्रहरीले काठको गोलिया बरामद गरेको छ ।
गए राति जंगलबाट ल्याउदै गरेको अबस्थामा प्रहरीले ८ क्युफिट जामुन प्रजातिको काठको गोलिया बरामद गरेको हो । डाबरी जंगलबाट थोकर टोलको बाटो हुदै ३–४ जनाको समुहले गोलिया ल्याउदै गरेको अबस्थामा प्रहरीले गोलिया बरामद गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नितेश कुमार सिहंले जानकारी दिएका छन् ।

बरामद गरिएको सो काठको गोलिया डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरलाई बुझाईएको छ । पछिल्लो समय रौतहटको वन क्षेत्र भित्र नियमित गस्ति नभएको कारण रातारात काठको गोलिया गायव हुने गरेको छ । डिभिजन वन कार्यालयकै केही कर्मचारीहरुको मिलोमतोमा रातको समयमा काठको गोलिया वनबाट गायव हुदै आएको छ ।

Comment


Related News

Latest News

Trending News