अपडेट 
२०७७ आश्विन २२, बिहीबार ११:११

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो ।

काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उहाँको कसैसँग भेटघाट नभएको बुभिएको छ । सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेको काफ्लेले बताउनुभयो । सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०/१५ दिनदेखि होम क्वारेन्टाइनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उहाँले बताउनुभयो ।

काफ्लेलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ । ‘मुख्यमन्त्री ज्यू विगतदेखिनै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ त्यो निरन्तर रहन्छ’, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भन्नुभयो । भेटघाटलाई भने न्यून पारिएको उहाँको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News