अपडेट 
२०७७ आश्विन २२, बिहीबार ११:३८

केही सातायता सुनको मूल्यमा सामान्य घटबढ हुने क्रम जारी छ । यही क्रममा बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

 बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा रु ८०० घटेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।  यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ११७५ रुपैयाँमा कारोबार भएको थियो । 

Comment


Related News

Latest News

Trending News