अपडेट 
२०७७ आश्विन २२, बिहीबार १६:२९

नेपालमा बिहीबार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५६१ महिला र २८०३ पुरुष गरि थप ४ हजार ३६४ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

त्यस्तै बिहीबार २६ सय ७५ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

त्यस्तै होम आइशोलेशनमा १४ हजार ९६७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ११ हजार ७१७ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ३१ हजार ९५८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News