अपडेट 
२०७७ आश्विन २२, बिहीबार १७:३७

कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले अब देखि तालिका बनाएर सेवालाई सहज र व्यवस्थित बनाउने निर्णय गरेको छ ।


सिडिओ कार्यालय धनुषाले सेवा प्रवाह सम्बन्धमा एक सुचना जारी गर्दै प्रत्येक स्थानिय तहको लागि अलग अलग दिन छुटयाएर सेवा दिने तालिका र्सावजानिक गरेको छ । सक्कल नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी र राहदानी सहितका सवै सेवाहरुका लागि विशेष दिन र समय निर्धारण गरि कार्यालयले सुचना जारी गरेको छ । यस संगै कोरोना महामारीको यस समयमा कार्यालयमा सेवाग्राहीको भिडभाड कम हुने र संक्रमणको जोखिम हदै सम्म न्युनिकरण हुने विश्वास जिप्रका धनुषाको छ ।

भोली शुक्रवार देखि लागुहुने सो उल्लेखित तालिका पश्चात कार्यालयमा हुने भिडभाड, संक्रमणको अवस्था इत्यादीलाई मध्येनजर गर्दै कार्यालयले उल्लेखित तालिकामा परिमार्जन गर्दै जाने समेत कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News