अपडेट 
२०७७ आश्विन २३, शुक्रबार ०७:५८

आज विश्वभर हुलाक दिवस मनाइदैछ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

नेपालमा वि.सं १९३५ देखि हुलाक दिवस मनाउन थालिएको हो । त्यो बेला हुलाक सेवा केवल राणा र राजपरिवार मात्र सिमित थियो । तर विस्तारै नेपाल हुलाक सेवा विभागको स्थापना भएसँगै यो सेवा व्यक्तिगत चिठ्ठी तथा घरायसी चिठिका लागि सर्वसाधारणले उपयोग गर्दै आएको पाइन्छ । नेपालमा पहिलो हुलाक टिकट वि.सं १९३९ मा प्रकाशित गरिएको थियो । नेपालले अन्तर्राष्ट्रिय हुलाक संगठनको सदस्यता भने सन १९५६ मा लिएको हो । २०२८ देखि हुलाक सेवा विभागले स्वतन्त्र स्पमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । हाल सरकारका तर्फबाट कुनै किसिमको खास सहयोग नै नभएपनि नेपाल हुलाक सेवा विभागले आफ्नो सेवा निरन्तर प्रवाह गर्दै आएको छ ।

पछिल्लो समय विज्ञान तथा प्रविधिको विकासका कारण विद्युतीय माध्यम र सामाजीक सञ्जालको बड्दो प्रयोगले हूलाक सेवा संकटमा पर्दै गएको छ । सर्वसाधारणको सामाजिक सञ्जालमा बढ्दो पहुँचले यो सेवा विस्तारै संकटमा पर्दै गएको हो । हुलाक सेवालाई समयानुकुल परिवर्तन गर्ने, बन्द गर्ने वा आजकै ढंगबाट सञ्चालन गरिरहने बारे भने सरकारले कुनै ठोस पहलकदमी अघि बढाएको देखिदैन ।

Comment


Related News

Latest News

Trending News