अपडेट 
२०७७ आश्विन २३, शुक्रबार ११:२८

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । बजारमा छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा पुगेको छ । चाँदीको मूल्य तोलामा पन्ध्र रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ९ सय ९ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News