अपडेट 
२०७७ आश्विन २३, शुक्रबार ११:३२

न्याय परिषद्ले १ सय १४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । बुधबार बसेको परिषद् बैठकले दुई वर्ष कार्य अवधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो ।

परिषद्को निर्णय अनुसार उपत्यकाका सबै जिल्ला अदालतका २ कार्य अवधि पूरा भएका न्यायाधीशको सरुवा गरिएको छ । त्यस्तै, काजमा खटिएका न्यायाधीशको भने यथास्थानमै पदस्थापन गरेको छ । परिषद्ले यसअघि खुला प्रतिस्पर्धाबाट नियुक्त भएका २४ सहित २९ न्यायाधीशलाई पदस्थापनको निर्णयसमेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News