अपडेट 
२०७७ आश्विन २४, शनिबार ०६:२०

बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । हाल प्रदेश १ लगायत देशको पहडी भूभागहरुमा आंशिक बदली रहेपनि देशका अन्य स्थानमा भने सामान्यतया माैसम सफा रहेकाे छ

दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाकाे अनुमान छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहेपनि सामानयतया माैसम सफा रहेने महाशाखाले जनाएकाे छ ।

Comment


Related News