अपडेट 
२०७७ आश्विन २४, शनिबार ०६:४१

डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकार र डा केसीका प्रतिनिधिबीच शुक्रबार राती भएको वार्ता असफल भएको छ ।

शिक्षा मन्त्रालयमा शुक्रबार राती अबेरसम्म चलेको वार्ता असफल भएको हो । सरकारले डा केसीका माग सम्बोधन गर्ने मनासाय नबनाएको र सरकारले तय गरेको वार्ता समितिसँग कुनै म्यान्डेट नभएकोडा केसी तर्फका वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले बताउनु भयो ।डा केसीको माग सम्बोधन गर्न तथा उनको जीवनरक्षा गर्ने विषयमा सरकार गम्भिर नभएको भन्दै भोलीदेखि कडा आन्दोलनका कार्यक्रम गर्ने पनि उहाँले बताउनु भयो । डा क्षेत्रीले सरकारले डा केसीको जीवन जोखिममा पारेको पनि बताउनु भयो ।

सरकारले डा केसीको माग पुरा गर्ने गरी वार्ताका लागि आफुहरु जुनसुकै समयमा पनि वार्तामा जाने पनि डा क्षेत्रीले बताउनु भयो । शुक्रबार दिनभर शिक्षा मन्त्रालयमा सरकारका मुख्य सचिव, शिक्षा मन्त्री, शिक्षा सचिव तथा सरकारी वार्ताटोलीबीच आन्तरिक छलफल भएपछि सरकारले शुक्रबार राती डा केसीका प्रतिनिधिसँग वार्ता गरेको थियो । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा केसीले भदौं २९ गतेदेखि अनसन शुरु गरेका थिए । डा केसीको अनसनको शुक्रबार २६ औं दिन हो । लामो समयदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News