अपडेट 
२०७७ आश्विन २४, शनिबार १०:२३

देशभर चिसो बढ्दै गएको छ ।

गएको १० दिनमा मात्रै देशभरको न्यूनतम तापक्रम एकदेखि १० डिग्री सेल्सियससम्म घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार राति आकाश खुल्ला भएकाले बिहान चिसो बढेको हो । सामान्यतया आकाशमा राति बादल लाग्दा पृथ्वीले छोडेको ताप जमिनमै आउने भएकाले बिहान न्यानो नै हुने तर आकाश खुल्ला भए पृथ्वीको ताप आकाशमै हराउँदा जमिन सेलाएर बिहान चिसो बढ्ने उहाँले जानकारी दिनुभयो ।

अघिल्लो बिहीबार ३४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको विराटनगरको हिजोको न्यूनतम तापक्रम २४ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अघिल्लो बिहिबार न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम हिजो ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । यसैगरी हिजोको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको अघिल्लो बिहीबारको तापक्रम २० डिग्री सेल्सियस थियो । अरु ठाउँको पनि तापक्रम घट्दै गएको छ । अब पानी पर्ने प्रणाली खासै सक्रिय नभएकाले बिहान बेलुकी चिसो बढ्दै जाने मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News