अपडेट 
२०७७ आश्विन २४, शनिबार ११:३७

भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढी रहेको भएपनि केहि दिन यता अलिअलि घटेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९२६ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४ सय १६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३ हजार २७२ जना संक्रमित पुष्टि भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६९ लाख ७९ हजार ४२४ पुगेको छ । अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि भारत दोस्रो स्थानमा छ । भारतमा अहिलेसम्म ५९ लाख ८८ हजार ८२३ जना ठिक भएका छन् भने ८ लाख ८३ हजार १८५ सक्रिय कोरोना संक्रमित छन् ।

अहिलेसम्म भारतमा कुल ८ करोड ५७ लाख ९८ हजार ६९८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ६४ हजार १८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News