अपडेट 
२०७७ आश्विन २४, शनिबार १३:२४

विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी सस्थाले जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ ।

नेपालमा करिब २५ लाख मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या र करिब ३ लाख नेपालीमा कडा खालको मानसिक रोग रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । हरेक वर्ष करिब ३० करोड मानिसहरु संसारमा डिप्रेशनको शिकार हुने गरेको पनि विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेकाे छ ।

Comment


Related News

Latest News

Trending News