अपडेट 
२०७७ आश्विन २४, शनिबार १३:५२

रौतहटको कटहरिया नगरपालिकामा एक वडाध्यक्ष  सहित दुई जनाको मोटरसाइकल चोरी भएको छ । 

कटहरिया नगर प्रवक्ता तथा वडा ४ का अध्यक्ष चन्दन कुश्वाहा सहित गएरातति दुइजनाको मोटरसाइकल चोरी भएको हो । कुश्वाहाको  प्रदेश ३ ०२–०२प ०१५५ नम्बरको पल्सर  मोटरसाइकलका साथै  कटहरिया बजारस्थित मोटरसाइकल ग्यारेज संचालनक विकास साह सोनारको बिआर २९ एफ १५६५ नम्बरको मोटरसाइकल चोरी भएको पीडित परिवारले जनाएको छ । ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई लतिफ अन्सारीले घटनाको पुष्टि गर्दै चोरी भएको मोटरसाइकल र संलग्न चोरको खोजी भैरहेको बताए । 

Comment


Related News

Latest News

Trending News