२०७७ आश्विन २४, शनिबार २०:३९
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल मार्फत मन्त्री भट्टराईले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिनुभएको थियो । शनिवार आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले जानकारी गराउनुभएको हो । हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या भने नदेखिएको उहाँले उल्लेख गर्नुभएको छ ।
उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।


