अपडेट 
२०७७ आश्विन २४, शनिबार २०:५१

सरकारले कोरोना माहामारीका कारण यसको वर्षको दशै तिहार लगायतका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापदण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामक रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ । दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले आग्रह गरेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको १ जना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व माउन आग्रह गर्नुभयो ।

पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यसबर्ष सकेसम्म कुने कार्यक्रमहरु आयोजना नगर्न पनि आग्रह गरिएकको छ यदि गर्ने पर्ने कार्यक्रमहरु भएका कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ । कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन समेत आग्रह गरीएको छ ।

ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कुनै पनि कार्यक्रमा सहभागी नहुन समेत आग्रह गरिएको छ ।

Comment


Related News

Latest News

Trending News