अपडेट 
२०७७ आश्विन २५, आईतवार ०८:२५

आज असोज २५ अर्थात् गैर आवासीय नेपाली दिवस । नेपाली राहदानी बोकेर ६ महिना वा त्यो भन्दा बढी समय रोजगारी, बसाइँ–सराई अथवा शिक्षाको सन्दर्भमा विभिन्न देशमा बसोबास गर्दै आएका गैर आवासीय नेपालीहरुले आज विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्दछन ।

पुर्खाको उद्गम विन्दु नेपाल भई कारणवश विदेशी नागरिकता लिएर बसेका नेपालीले यो पटक कोरोना महामारीका कारण गत वर्षझैं गैर आवासीय दिवस मनाउन भने नसक्ने देखिएको छ ।

सन २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय संगठनका सदस्य सार्क देशमा बसोबास गर्ने नेपाली मूलका नागरिक र लामो समयसम्म विदेशमा रहने विद्यार्थी र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ ।

Comment


Related News

Latest News

Trending News