अपडेट 
२०७७ आश्विन २५, आईतवार १०:४३

स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीले आइतबार अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोडेका हुन् ।

शनिवार मध्यरातमा डा केसी र सरकारबीच आठ बुँदे सहमति भएको थियो। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले  हस्ताक्षर गरेका छन् ।  शिक्षण अस्पतालमा अनसनमा बसेका डा. केसीले सोही अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडे।

Comment


Related News

Latest News

Trending News