अपडेट 
२०७७ आश्विन २५, आईतवार १४:१८

कोरोना भाइरसको संक्रमणबाट भरतपुरका एक वडाध्यक्षको निधन भएको छ । भतरपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको आज बिहान निधन भएको हो ।

उहाँको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उहाँलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा.पौडेलले बताउनुभयो । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उहाँको मृत्यु भएको हो । उहाँ स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News