अपडेट 
२०७७ आश्विन २५, आईतवार १४:२४

आइतबारसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७० लाख नाघेको छ । संक्रमितमध्ये ६० लाख ७७ हजार ९ सय ७६ जना हालसम्म निको भएका छन् ।

अहिले भारतमा ८ लाख ६७ हजार ४ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । ९ दिनयता लगातार नयाँ संक्रमित फेला पर्नेभन्दा निको हुने ज्यादा भएकाले सक्रिय संक्रमितको संख्या घटेका हो । गत २४ घण्टाभित्र भारतमा थप ७४ हजार ३ सय ८३ जनामा संक्रमण देखिएको र कोरोनाबाट ९ सय १८ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म ८६ करोड ८ लाख ७७ हजार २ सय ४२ जनाको कारोना परीक्षण भइसकेको भारतीय मेडिकल रिसर्च काउन्सिल ९आइसिएमआर० ले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News