अपडेट 
२०७७ आश्विन २५, आईतवार १६:०९

नेपाल विश्वभर कोरोना भाइरसको महामारीबाट प्रभावित भएको मुलुकको सूचीमा ४० औँ स्थानमा रहेको छ । वर्ल्डोमिटरको तथ्यांक अनुसार विश्वभर ४३ वटा देशमा कोरोना संक्रमितको संख्या एक लाखभन्दा बढी छ ।

संक्रमित संख्याका हिसाबले नेपाल ४०, युएई ४१, इजिप्ट ४२ र ओमान ४३ औँ स्थानमा छ । सबैभन्दा प्रभावित मुलुकको सूचीमा पहिलो स्थानमा अमेरिका छ । जहाँ कोरोना संक्रमितको संख्या ७९ लाख ४५ हजारभन्दा बढी छ भने २ लाख १९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

दोस्रो स्थानमा रहेको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७० लाख ५३ हजारभन्दा बढी छ भने १ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीको तेस्रो स्थानमा ब्राजिल, चौथोमा रुस, पाँचौँमा कोलम्बिया, छैठौँमा स्पेन, सातौँमा अर्जेन्टिना, आठौँमा पेरु, नवौँमा मेक्सिको र दशौँ स्थानमा फ्रान्स छ ।

Comment


Related News

Latest News

Trending News