अपडेट 
२०७७ आश्विन २५, आईतवार १६:३४

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार सात सय ५५ पुगेकाे छ । आइतबार दुई हजार ७१ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा १२ हजार चार सय २७ जनाकाे नमुना परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा एक हजार पाँच सय ५२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७५ हजार आठ सय चार पुगेको छ ।   अब नेपालमा ३१ हजार तीन सय १५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार ६ सय १३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

Comment


Related News

Latest News

Trending News