अपडेट 
२०७७ आश्विन २५, आईतवार १८:०३

आईतबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकले प्रदेश अनुसन्धान ब्युरो गठन सम्बन्धि विधेयक सर्वसम्मतले पारित गरेको छ । विधेयक पारित भएसंगै प्रदेश २ सरकारले अब आफ्नै अनुसन्धान ब्युरो गठन गर्न पाउने भएको हो । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश अनुसन्धान ब्युरो गठनसम्बन्धी विधेयक संशोधन सहित सर्वसम्मत पारित भएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संशोधन सहितको सो विधेयक सभामा लगेपछि प्रस्ताव पारित भएको हो । विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हकहित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवर्द्धन गर्न ब्युरोले सूचना संकलन गरी प्रशोधन गर्ने उल्लेख छ । विधेयकमा मन्त्री परिषदले कुनै विषयमा अनुसन्धान गर्नका लागि आदेश दिएमा ब्युरोले सो को अनुसन्धान गरी प्रतिवेदन मन्त्रीपरिषद समक्ष प्रस्तुत गर्नसक्ने उल्लेख रहेको छ । प्रदेश प्रमुखले यो विधेयकलाई प्रमाणीकरण गरेसँगै कानुनको रुप लिने छ ।

Comment


Related News

Latest News

Trending News