अपडेट 
२०७७ आश्विन २६, सोमबार ०६:३२

बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ। उक्त निम्न चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशातर्फ सर्दै जाने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका अधिकांश भू–भागमा आंशिक बदली रहेकाे छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेकोे छ । सोमवार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश नं.१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News