अपडेट 
२०७७ आश्विन २६, सोमबार ०६:३७

एम्वुलेन्स चालकलाई पक्राउ गरेको विरोधमा धनुषाका एम्वुलेन्स चालकहरु आन्दोलीत वनेका छन । धनुषाका एम्वुलेन्स चालकहरु आइतवार जिल्ला प्रशासन कार्यालय धनुषाको अगाडी सबै एम्वुलेन्सहरु थन्काएर चालकको रिहाईको माग गरेका छन ।

सिरहा वन्दीपुर निवासी रमेश वुढाथोकीले जनकपुरधामबाट विरामीलाई काठमाण्डौ लग्दै गरेको अवस्थामा धुलिखेल आसपास एम्वुलेन्स दुर्घटना भइ सडक भन्दा सय किलोमिटर तल झरेको थियो ।सोहि क्रममा प्रहरीले विरामी र चालक दुवैलाई रेस्कयु गरि अस्पताल भर्ना गराएका थिए । भर्ना पश्चात निको भएपनि पछि विरामीको मृत्यु भएको थियो । संयुक्त एम्वुलेन्स चालक संघका अध्यक्ष अरमान कुमार साहका अनुसार एम्वुलेन्सका धनीले मृतकलाई क्षतिपुर्ति दिएपनि चालकको रिहाईका लागि कुनै पहल नगरेको र उनको रिहाईका लागि एकलाख धरौटी माग गरिएकोले तुरन्त रिहाईका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको वताए । अध्यक्ष साहले चालक वुढाथोकीको छिटै रिहाई नगरिए जिल्लाको सम्पुर्ण एम्वुलेन्स ठप्प पार्ने चेतावनी दिए ।

यता चालक वुढाथोकी कि आमा मैया बुढाथोकीले उपचार पछि आफनो छोरा घर फर्किसकेको अवस्थामा प्रहरीले विरामीको मृत्यु भएको भन्दै अनुसन्धानका लागि भन्दै लगेको र अहिले रिह ागर्नका लागि एकलाख धरौटी माग गर्दै आएको वताए । उनले आफु अनपढ रहेकोले कुनै पनि निकायमा जान नसकेकोले छोराको रिहाईका लागि केहि पनि गर्न नसकेको दुखेसो सुनाईन । प्रादेशिक अस्पतालको बगलमै वारहविघा मैदानमा एम्वुलेन्स लगाएर विरामीहरुलाई सेवा प्रवाह गर्दै आएका एम्वुलेन्स चालकहरुले रिहाईको माग गर्दै जिल्ला भरिका एम्वुलेन्सहरुलाई जिल्ला प्रशासन कार्यालय धनुषाको अगाडीमा रहेको सडकमा लामवद्ध रुपमा गाडी थन्काएर राखेका छन ।

Comment


Related News

Latest News

Trending News