अपडेट 
२०७७ आश्विन २६, सोमबार ०६:४५

मधेशकै गौरवको रुपमा रहेको जानकी मेडीकल कलेजमा जारी रहेको कर्मचारीको आन्दोलनमा संर्घष समितिका अध्यक्षले कर्मचारीहरुलाई उचालेर आन्दोलन गराईरहेको आरोप लागेको छ ।

जानकी मेडिकल कलेजका प्रशासन प्रमुख दया नन्द झाले संघर्ष समितिका अध्यक्ष उमेश यादवले कर्मचारीहरुलाई उचालेर आन्दोलन गराईरहेको आरोप लगाएका छन । विभिन्न समयमा भएको आन्दोलनको क्रममा कलेजको आर्थिक अवस्था दयनीय वनेको तथा कलेजको आम्दानीको स्रोत विद्यार्थी भर्ना रहेपनि कलेजले एउटा पनि सिट नपाएपछि आर्थिक समस्यामा अल्झीरहेका कलेजलाई सबै कर्मचारीलाई धान्ने गरि कार्यभइरहेकोमा व्यक्तिगत रिसीवीमा आन्दोलन गराइरहेको वताउदै कलेजमा उमेश यादवले विभिनन समयमा गर्दे होहल्ला,विद्यार्थीलाई कुटने सम्मको कार्यहरु गरिरहदा कलेजले उनिसंग स्पष्टीकरण सोधेपछि उनले जवरजस्ती कर्मचारीहरुलाई उचालेर धर्नामा वसेको आरोप लगाए ।

कलेजमा रहेको अस्पतालले दैनिक दुइलाख देखि तीनलाख सम्म आम्दानी गर्दै आएकोमा धर्नाको नाउमा त्यो पनि वन्द गरेकोले कलेजलाई झन आर्थिक भार थप्दै गएको वताए । यता विगतमा पटक पटक गरेको सहमति सम्झौता कार्यान्वयन अस्पताल पक्षले नगरी प्रहरी प्रशासनबाट कर्मचारीलाई डराउने धम्काउने काम गरेकाले बाध्य भएर आफुहरु आन्दोलनमा उत्रेका कर्मचारी हकहित संरक्षण संघष् िसमितका संयोजक उमेश यादवले बताए । सहमति कायान्वयन गर्नुको साटो विनाकारण स्पष्टीकरण पूर्वाग्रही भएर कर्मचारीलाई दुःख दिएको उनको भनाइ रहेको छ ।

कर्मचारीको आन्दोलनको कारण धनुषाको रमदैया स्थित जानकी मेडिकल शिक्षण अस्पतालको अकास्मिक बाहेकका सबै सेवा १३ दिनदेखि ठप्प रहेको छ । विगतमा पटक पटक भएको सहमति सम्झौता कलेज पक्षले कार्यान्वयन नगरको भन्दै कर्मचारीले अकास्मि बाहेकका सबै सेवा असोज १२ गतेदेदेखि ठप्प गरेका हुन् ।अकास्मिक बाहेकका सबै सोवा ठप्प गरी कर्मचारीहरु कलेज परिसर भित्रै निमित रुपमा कलेज प्रशासन विरुद्ध धर्ना बस्दै आएका छन् । ६ वर्षदेखिको सञ्चयकोष, पाँचवर्षको दशैं खर्च, नियमित लबभत्ता दिनुपर्नेसहितको माग कर्मचारीको रहेको छ ।

Comment


Related News

Latest News

Trending News