अपडेट 
२०७७ आश्विन २६, सोमबार ०७:२१

सरकारले नागरिक सम्वेदनशील नभए पुन लकडाउन गर्नेवाहेकाको विकल्प नरहेको बताएको छ।

नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको भन्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेपनि सरकारको आग्रहको अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन्। काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखापर्न थालेको भन्दै उनले नागरिकहरूलाई सचेतना अपनाउन पनि आग्रह गरेका छन् ।

उनले संक्रमणको अवस्था जटिल बन्न नदिन चाडवाडको समयमा सचेत भएर सरकारलाई साथ दिन अनुरोध गरे। दसैँ, तिहार र छठजस्ता चाडपर्वहरूमा भिडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुने भन्दै उनले सचेत हुन सबैले ध्यान दिनुपर्ने बताए।

Comment


Related News