अपडेट 
२०७७ आश्विन २६, सोमबार ०८:५६

तीनदिन अघि चोरी भएएको रौतहटको कटहरिया नगरपालिकाका एकजना वडा अध्यक्षको मोटरसाइकलसहित दुईजना चोर पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा उनीहरु पक्राउ परेका हुन्। कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको गत २३ गते चोरी भएको प्रदेश ०३–००२–प ०१५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कटहरिया–३ बडेरवा गाउँका वीरेन्द्र साह सोनारको छोरा १८ का जलन्धर साह सोनार र गरुडा नगरपालिका–५ गरुडा गाउँका जुगल साह कानुको छोरा २० का सन्तोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले बताएका छन ।

उनीहरुमाथि चोरी सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धानको लागि जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थमाएको डिएसपी रावलले जानकारी दिए । विशेष सूचनाको आधारमा चोरीका आरोपी पक्राउ परेपछि उनकै बयानको आधारमा सर्लाहीबाट मोटरसाइकल बरामद भएको प्रहरी स्रोतले जनाएको छ । उता, ईलाका प्रहरी कार्यालय गरुडाले प्रहरीद्वारा सवारी चेकजाँचको क्रममा गौर चन्द्रपुर सडकखण्डमा उक्त मोटरसाइकल सहित दुबैजना पक्राउ परेको सार्वजनिक गरेको छ ।

वडा अध्यक्ष चन्दन कुश्वाहाको मोटरसाइकल चोरी भएसँगै कटहरिया बजारका मोटरसाइकल ग्यारेज सञ्चालक विकास साहको चोरी भएको भारतीय नम्बरको मोटरसाइकल भने हालसम्म बरामद हुनसकेको छैन ।ईलाका प्रहरी कार्यालय गरुडाले साहको मोटरसाइकलबारे अनुसन्धान भैरहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News