अपडेट 
२०७७ आश्विन २६, सोमबार १५:५२

नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डको मूल्य तोकेको छ ।

पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गन जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको हो ।  संघले आगामी असोज २८ गतेदेखि लागु हुने गरी देशैभरीका उद्योगहरुको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय रुपैयाँ तोकेको छ । यसअघि बागमती प्रदेशमा समेत संघले सोही मूल्य तोकेको थियो । यता खाली सिलिण्डरको मूल्य निर्धारण गरेको संघले मूल्य निर्धारणसँगै खरिद बिक्रीमा अनिवार्य धरौटी रसिद हुनुपर्ने बताएको छ ।

बिक्रेताहरु मर्फत ग्यास लिदा उपभोक्ताहरुले अनिवार्य धरौटी रसिद लिनु पर्ने र सो गर्नु पर्ने जनाएको छ ।  अन्यथा रसिद नभएको सिलिण्डरको जवाफदेही तथा जिम्मेवारी उद्योगले नलिने समेत संघले प्रष्ट पारेको छ । 

Comment


Related News

Latest News

Trending News