अपडेट 
२०७७ आश्विन २७, मंगलवार ०६:१०

वीरगन्ज ।जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्युििनष्टको नाउँमा कमाउनिष्ट सरकार चलाएको आरोप लगाएका छन् ।

पर्सा जिल्लामा सोमवार आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, देशमा भ्रष्टाचार चरमोत्कर्षमा पुगेकोछ । ‘ओली नेतृत्वको सरकार कम्युनिष्टहरुको नभै कमाउनिष्ट सरकार हो’ अध्पयक्ष यादवले भने, ओली सरकार भ्रष्टाचारमा लिप्त भएको कारण कोरोनालाई नियन्त्रण गर्न असफल भएकोछ । अध्यक्ष यादवले मधेसी जनजातिहरुको अधिकार पुर्ण रुपमा प्राप्त नभएको उल्लेखगर्दै त्यसका लागि आफुहरुको आन्दोलन जारी रहेको बताए । ‘ तराई र पहाडका सबै क्रान्तिकारी नेताहरु जसपाको सिंगो थलोमा गोलबद्ध भएका छन् ’उनले भने, आउने दिनमा मधेसी जनजातिले मुलुकको केन्द्रिय सत्ता प्राप्त गरेरै छाड्ने छन् । ज्सपाका वरिष्ट नेता एवम पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका कांग्रेस र कम्युनिष्ट पार्टी मधेसी र पहाडका जनजाति बिरोधी भएका आरोप लगाए ।

केहि महिना अगाडी कोरोनाको हटस्पट बनेको पर्सा जिल्लामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भट्टराईले ७०बर्ष बुढो नेपाली कांग्रेस र झापा आन्दोलबाट भागेका केपी ओलीको कम्युनिष्ट पार्टीले मधेसी,थारु तथा जनजाति बिरोधी भएको आरोप लगाए । परिवारिक समस्याकाकारण नेता प्रचण्डले माओवादी पार्टीलाई एमालेको चौतारीमा आत्मसमर्पण गरेको बताउदै जसपाले मात्र मधेसी जनजातीहरुलाई अधिकार दिलाउने दावी गरे ।उनले सदियौ देखि शोसित मधेसी जनजाति जनतालाई सरकार प्रमुखमा पुर्याउने मिशनमा आफु लागेको प्रष्ट गरे । कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गदीले सघीय सरकार संघीयता बिरोधी भएको आरोप लगाए । प्रदेश नम्बर २संग व्यापक बिरोध गरेको आरोप लगाउँदै उनले भने, ओली सरकारको संघीयता बिरोधी गतिविधिको कारण संघीयताबाट जनताको बिश्वास कम हुन थालेकोछ ।

कोरोना भाइरस संक्रमणको कारण २ मिटरको दुरी कायम राख्न भनिएपनि भीडले त्यसलाई वेवास्ता गरेका थिए ।

Comment


Related News

Latest News

Trending News