अपडेट 
२०७७ आश्विन २७, मंगलवार ०६:२१

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य एवम् समाजवादी जनता पार्टीकी नेतृ रेणुकुमारी यादव कोरोना संक्रमित भएकी छन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सोमवार सार्वजनिक गरेको रिपोर्ट अनुसार पूर्व शिक्षा मन्त्री यादवलाई संक्रमण पुष्टि भएको हो । ५८ वर्षिया यादवले शंका लागेर आईतबार परीक्षणका लागि स्वाब दिएकी थिईन् । यसअघि छोरा अभिषेक यादवलाई आईतवार कोरोना पुष्टि भएको थियो । प्रदेशसभा सदस्य समेत रहेका अभिषेकलाई कोरोना पुष्टि भएपछि परिवारका सदस्य र काम गर्ने कर्मचारीको स्वाब परीक्षण गराईएको थियो । सोमबार आएको रिपोर्ट अनुसार रेणुसहित अभिषेककी पत्नि २६ वर्षिया रिया र २५ वर्षिय चालकलाई पनि कोरोना पुष्टि भएको छ । उनीहरु सवै जना होम आईसोलेनमा वसेका छन् ।

अभिषेकका अनुसार उनका ३ वर्षिय छोरा र भान्सामा काम गर्ने युवकको भने रिपोर्ट नेगेटिभ आएको छ ।

Comment


Related News

Latest News

Trending News